हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा भ्रष्टाचारी चिन्न गाह्रो भएको बताएका छन् ।
बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले
भ्रष्टचार गर्नेले नै भ्रष्टाचारको विरोध गर्ने गरेको टिप्पणी गरेका छन् । भ्रष्टाचार गर्नेले नै भ्रष्टाचारको विरोध गर्ने प्रवृत्तिले यस्तो भएको बताएका हुन् ।
नेपालको राजनीति भ्रष्टाचारको जालोमा फसेको बताउदै नेपालमा घुसबिना कुनै पनि काम गर्न नसकिने अवस्था सिर्जना भएको बताए । घुस लिनु कानुनसम्मत जस्तै भइसकेको उनले टिप्पणी गरे।