• बैशाख २३ २०८३, बुधबार

विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन आगामी असोजमा

जेष्ठ १८ २०७९, बुधबार

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

उदयपुरमा ६ दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

असोज १ मा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको नेकपाका केन्द्रीय सदस्य ओम पुनले गोल खबरलाई जानकारी दिए ।

नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको थियो ।

उक्त बैठक जेठ १२ देखि १७ गतेसम्म चलेको थियो भने महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।