• बैशाख २३ २०८३, बुधबार

चुनावमा भाग लिएका उम्मेदवारलाई खर्च विवरण बुझाउन आग्रह

जेष्ठ १७ २०७९, मंगलवार

बैतडी । निर्वाचन कार्यालय बैतडीले एक सूचना जारी गर्दै उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउन आग्रह गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले पालिका चुनावमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका सबै उम्मेदवारहरुले खर्च विवरण पेश गर्नुपर्ने बताएका छन् ।

बैतडीमा पालिका चुनावमा १ हजार ४ सय ८ जना उम्मेदवार रहेका थिए । ३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुन अनुसार कारवाही गर्ने समेत जिल्ला निर्वाचन अधिकारी फुयालले बताए  ।