काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट देशैभरका स्थानीय तहका नवनिर्वाचित प्रमुख र उपप्रमुखलाई सहभागी गराएर अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।
पार्टीले भोलि जेठ १८ गते बिहान १०:३० बजे पुतलीसडकस्थित कुमारी हलमा स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखिकरण कार्यक्रम गर्ने भएको हो ।
माओवादीबाट स्थानीय तहमा १ सय २१ पालिका प्रमुख र १ सय २८ पालिका उपप्रमुख निर्वाचित भएका छन् ।