• बैशाख २८ २०८३, सोमबार

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ३० लाख असुल्ने काठमाडौंका भट्टराई पक्राउ

जेष्ठ १७ २०७९, मंगलवार

काठमाडौं । न्युजिल्याण्ड लगेर जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्री छन् ।

वैदेशिक रोजगार विभागको पत्रको आधारमा भट्टराईलाई स्युचाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

नवलपुर घर भएका विकास जोशी र तनहुँको रिसिङ गाउँपालिका–५ घर भएका अमृत चन्दलाई ‘वर्किङ भिसा’मा न्युजिल्याण्ड पठाउँछु भनेर उनले प्रतिव्यक्ति १५ लाखको दरले ३० लाख ठगेको आरोप लागेको छ ।

आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।