काठमाडौं । सरकारले पत्रकारलाई बिना धितो १० लाख सहुलियत ऋण दिने भएको छ ।
सोमबार अर्थमन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपाल पत्रकार महासंघ लगायत पत्रकारका विभिन्न संघ–संगठनले श्रमजिबी पत्रकारलाई बिना धितो ऋणको व्यवस्था गर्न राखेको मागलाई सम्बोधन गर्दै पत्रकारलाई १० लाख ऋण प्रदान गरिने बताए ।
आइतबार संसदको दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गरेको बजेटमा पत्रकारका विषयमा केही कुरा आउँछ कि भनेर अन्तिमसम्म घोरिएर हेरिएको तर कुनै पनि कार्यक्रम सुन्न नपाइएको पत्रकारको प्रश्नको जबाफ दिदै अर्थमन्त्री शर्माले यसमा पछि पनि समेट्न सकिने ठाउँ हुने भन्दै यो विषय समेटिने प्रतिवद्धता जनाएका हुन् ।