• बैशाख २८ २०८३, सोमबार

तारा एअरको विमान दुर्घटनाग्रस्त, अवशेषबाहेक अरु केही भेटिएन

जेष्ठ १६ २०७९, सोमबार

काठमाडौं । तारा एअरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थसाङ(२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नवराज सिलवालले पुष्टि गरेका हुन् ।

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि उक्त जहाज सम्पर्कविहीन बनेको थियो ।

विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको तारा एअरकको नाइन एन(एइटी कलसाइनको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको थियो ।

विमानमा तीन जना चालक सदस्य रहेका छन् । २२ जनामध्ये ४ जना महिला रहेका छन् ।

विमानमा भारतीयसहित ६ जना विदेशी रहेका छन् । १३ जना नेपाली यात्रु सवार छन् ।

तीन जना विमानमा यात्रु दलका सदस्य रहेका छन् ।