काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम मार्फत अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएको एक महिनाभित्रै परीक्षा सञ्चालन गर्ने योजना ल्याएको छ ।
सङ्घीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट कार्यक्रम अनुसार आवेदन दिएको एक महिनाभित्र परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गरिनेछ ।
जसअनुसार सम्बन्धित प्रदेशमा रहेका यातायात कार्यालयबाटै सवारी चालक अनुमतिपत्र अर्थात् स्मार्ट ड्राइभिङ लाइसेन्स उपलब्ध गराइनेछ ।