• बैशाख २८ २०८३, सोमबार

सेतीखोला नजिकै टिपर खस्दा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । लमजुङको मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मध्यपहाडी लोकमार्गको उक्त टिपर सोही मार्ग निर्माणका लागि ढुङ्गा लोड गरेर ल्याउने क्रममा बाटो साँघुरोका कारण सडकबाट ३० मिटर तल खसेको छ ।

धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेको मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।