• बैशाख २८ २०८३, सोमबार

ल्यान्डिङका लागि तारा एअरलाई सूचना दिन खोज्दा सम्पर्क हुन सकेन: जोमसोम विमानस्थल प्रमुख

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोम उडेका थिए । समिट एयर जोमसोममा सफलतापूर्वक ल्याण्ड हुदाँ तारा एयरको जहाज अझै वेपत्ता छ ।

जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माले गोलखबरलाई दिएको जानकारी अनुसार तारा एयरलाई ल्यान्डिङका लागि सूचना दिन खोज्दा सम्पर्क हुन सकेन । ‘पाइलटले जहाजमा कुनै समस्या आएको जानकारी पनि दिएका थिएनन्, शर्माले गोलखबरसँग भने, ‘जहाजसँग सम्पर्क हुन नसकेपछि हामीले पोखरा र काठमाडौैंमा जानकारी दिएका छौ ।’

शर्माका अनुसार शुरुमा समिटले सम्पर्क गरेका थिए भने पाँच मिनेटको फरकमा तारा एयरले मुस्ताङको आकाशमा आएपछि सम्पर्क गरेका थिए । सम्पर्क गरेको केही समयमै समिटको जहाज ल्याण्ड हुदाँ तारा एअरको जहाज लामो समयसम्म सम्पर्कमा आउन सकेन ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ ।