• बैशाख २८ २०८३, सोमबार

यौन हिंसाका मुद्दामा हदम्याद बढाउन संसद सचिवालयमा विद्येयक दर्ता

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।

मुलुकी अपराध संहितामा हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन हिंसाको मुद्दामा पीडितले उजुरी गर्न पाउने हदम्याद एक वर्ष तोकिएको छ ।