काठमाडौं । पोखराबाट जोमसोमतर्फ उडान गरेको तारा एअरको जहाज सम्पर्कविहीन भएसँगै खोजी कार्य जारी रहेको छ । जहाज खोजीका लागि हेलिकप्टर पठाइएपनि खराब मौसमका कारण फर्किएको छ ।
हालसम्म जहाजको अबस्था पत्ता लाग्न सकेको छैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि पोखरा, जोमसोम लगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। त्यहाँ मौसम बदलिने क्रम जारी रहेको छ। ‘बिहान पनि केही वर्षा भएको थियो। अहिले पनि वर्षाको सम्भावना बाँकी नै छ,’ वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भनिन्,‘आज आकाश खुल्न सक्ने सम्भावना निकै कम देखिएको छ ।’