• बैशाख २८ २०८३, सोमबार

तारा एयरको विमान लेते भिरमा दुर्घटनाग्रस्त, चालकसहित सबै यात्रुको पहिचान खुल्यो(नामसहित)

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको छ ।

आइतबार बिहान ९ः५५ बजेपोखरमबाट १९ जना यात्रु बोकेर जोमसोमका लागि उडेको ९ एनएईटी कल साइन भएको ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको भनिए पनि दुर्घटनाग्रस्त क्षेत्र अझै थाहा पाउन सकिएको छैन । त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । खोजी कार्यमा सुरक्षा निकायका तिनै अंग परिचालन गरिएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।

चारैतिर हुस्सु नै हुस्सु भएका कारण दुर्घटनाक्षेत्र यकिन हुन सकेको छैन ।

 विमानमा ३ चालकदलका सदस्य र १९ जना यात्रु रहेको जनाइएको छ ।  विमानमा सवार सबैको पहिचान खुलेको छ ।

चालक दलसहित सबै यात्रुको विवरण :
चालक दलको सदस्यहरु :-
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी

थप यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर