काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् ।
त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ ।