• बैशाख २३ २०८३, बुधबार

गाली गर्नेलाई ३ घण्टा, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट मात्रै : सांसद महत

जेष्ठ १४ २०७९, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसदमा कर्णालीको आवाज प्राथमिकतामा नपर्ने बताएका छन् ।

शनिवार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले कर्णालीका कुरा सुनाउन ३ मिनेट समय छुट्याइने गरेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बिहीबारको सम्बोधनलाई लक्षित गर्दै उनले भने, ‘यहाँ गाली गर्नेलाई ३ घण्टा छ, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छ । त्यसो भएकाले पनि मलाई अलि गाह्रो भइरहेको छ । कसरी बोल्ने के बोल्ने भन्नेमा गाह्रो भइरहेको छ ।’

उनले एमालेले आफूले धित मरुन्जेल बोल्ने र अरूले बोल्दा अवरोध गर्ने गरेको बताए ।