• बैशाख २८ २०८३, सोमबार

फेरि नारायणगढ–मुग्लिन सडक अवरुद्ध   

जेष्ठ १४ २०७९, शनिबार

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरामा परी बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयलेले बताएको छ ।

पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।