• बैशाख २३ २०८३, बुधबार

बालेन्द्र शाह जनताले खोजेको परिवर्तन हो : राजेन्द्र महतो

जेष्ठ १३ २०७९, शुक्रबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनु भनेको परिवर्तनको संकेत भएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताएका हुन्।

जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक दलहरुले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए। उनले नेपालमा शोषण र उत्पीडनको पापको घडा भरिसकेको भन्दै अब परिवर्तनको विकल्प नरहेको जिकिर गरे।