• बैशाख २८ २०८३, सोमबार

नयाँ बजेटमा शिक्षक कर्मचारीको समायोजित तलब बृद्धि गर्न महासंघको माग

जेष्ठ १३ २०७९, शुक्रबार

काठमाडौं । नेपाल शिक्षक महासंघले आउँदो बजेटमा शिक्षकको तलब बढाउन माग गरेको छ ।

अर्थमन्त्रीको ध्यानाकर्षण गर्दै महासंघले तलब बढाउन माग गर्नुका साथै आर्थिक वर्ष २०७८ /७९ को बजेटमा तोकिए बमोजिम विद्यालयका लेखापाल र कार्यालय सहयोगीको र बालकक्षाका शिक्षकको पारिश्रमिक अबको आर्थिक वर्षबाट सङ्घीय सरकारबाटै उपलब्ध गराउन आग्रह गरिएको छ।

महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सम्झौतालाई बजेटमार्फत सम्बोधन गरिनुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।