काठमाडौं । सामाजिक सञ्जाल (फेसबूक)बाट साथी बनेकी युवतीका अन्तरङ्ग तस्बिरहरु सार्वजनिक गरिदिने धम्की दिने एक प्रहरी जवान पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्यूरोले प्रहरी चौकी बटेश्वर, धनुषा दरबन्दी भएका प्रहरी जवान कृष्ण कुमार यादवलाई पक्राउ गरेको हो।
रौतहटको भवानिपुर गाउँपालिका–४ घर भएका २७ वर्षीय यादबले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर म्यासेज, च्याट तथा भिडियो कलबाट उनका अन्तरङ्ग तथा गोप्य तस्बिरहरु लिएका थिए। पछि तिनै अन्तरङ्ग तस्बिरहरु सार्वजनिक गरिदिने भन्दै धम्की दिने गरेका थिए।