• बैशाख २३ २०८३, बुधबार

ओलीले ३ घण्टा भाषण गर्न खुलेको संसद एमालेले फेरि अवरुद्ध गर्यो, हेर्नुस् यस्तो छ खास कारण !

जेष्ठ १३ २०७९, शुक्रबार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरोध गरेका छन् ।

मन्त्री बडूले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको जवाफ दिएपछि एमाले सांसदहरु आसनबाट उठेर होहल्ला गरेका थिए ।

त्यसपछि उनीहरुले मन्त्री बडूका अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने अडान राखेका थिए ।

सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतको भनाइ अनुसार रेकर्ड हेरिने तर सांसदहरुलाई पटकपटक बस्न आग्रह गर्दा पनि उनीहरुले अटेर गरेका थिए ।

त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन गरेको घोषणा गरेका थिए ।