• बैशाख २३ २०८३, बुधबार

बालेन शाह काठमाडौंको मेयरमा निर्वाचित,उपमेयरमा सुनिता डंगोल

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। यस्तै उपमेयरमा एमालेका तर्फबाट उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छिन् ।

लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत पाएकी छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।