बागमती । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुने भएको छ।
जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने त्यही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्नेछन् । यस्तै जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको हो।
जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ ।