बाजुरा । निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान गर्ने भएको छ ।
यही वैशाख ३० गते भएकाे पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै यस्ताे निर्णय गरेकाे हाे ।
आज बिहीवार विज्ञप्ति निकालेर आयाेगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यस्तै आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको छ ।