• बैशाख २८ २०८३, सोमबार

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ३७ वर्षीय आशा बहादुर नेवारको उपचारको क्रममा बिएण्डबि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन सहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।