• बैशाख २३ २०८३, बुधबार

एमसीसी विरुद्ध संसदमा सुवाल गर्जंदा छायो सन्नाटा

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले एमसीसी सम्झौता अविलम्ब खारेज गर्न माग गरेका छन् ।

उनले आजको प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रमाथि संशोधन पेश गर्दै राष्ट्रघाती भएकाले एमसीसी खारेज गर्न माग गरे ।

त्यसैगरी, उनले नालापानीबाट भारतीय सेना अविलम्ब हटाउन पनि माग गरे । ऐतिहासिक सन्धी र नक्साका आधारमा सीमा विवाद टुंग्याउनु पर्ने उनको भनाइ छ ।

अब धेरै पर्खिन नहुने भन्दै ईपीजीको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । मूल्यवृद्धि फिर्ता लिन, अरुण तेस्रो लगायतका सम्झौता खारेज गर्न उनको आग्रह छ ।