• बैशाख २३ २०८३, बुधबार

शरणार्थी शिविरमा अमेरिकी उपमन्त्री घुम्दा भीम रावललाई किन भयो चिटचिट ?

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले अमेरिकी उपमन्त्री जियाले तिब्बती शरणार्थी शिविर घुमेर फर्केकोमा आपत्ती जनाउँदै सरकारले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेर छिमेकी देशसँगको सम्बन्धमा चिसोपना बढाउने गतिविधि गरेको आरोप लगाएका हुन् ।

‘प्रहरीको सुरक्षामा सरकारका मन्त्री नै सहभागी भएर तिब्बत मामिला अमेरिकी उपसहायक विदेशमन्त्रीलाई जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गराउने काम गरे, रावलले सदनमा प्रश्न गरे, ‘नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्न्त्री देउवा, गठबन्धनमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेका हुन् ?’