• बैशाख २३ २०८३, बुधबार

काठमाडौं महानगरमा नेकपा एसले निकाल्यो पहिलो जित, इश्वरमान डंगोलले दुईभाई डंगोललाई हराए

जेष्ठ १२ २०७९, बिहीबार

१२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा जित हात पारेको छ । महानगरको वडा नम्बर १५ मा सो पार्टीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका हुन् ।

एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुन् । निर्वाचित डंगोलले तीन हजार ४७६ मत पाएका छन् । डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरेका हुन् ।

पराजित कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए ।

ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साह (बालेन) ले दुई हजार १०६ मत पाएका छन् ।

एमालेका केशव स्थापितले एक हजार ५६८ मत पाउँदा कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ मत ल्याइन् ।