• बैशाख २८ २०८३, सोमबार

शिक्षकपछि यौन दुर्व्यवहारको आरोपमा कारवाही भोग्ने पालो स्वास्थ्यकर्मीको

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुर्व्यवहारको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

झाले परिषदमा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

युवतीले दुर्व्यवहार भएको भन्दै परिषदमा निवेदन दिएकी थिइन् । सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।

नेपालमा युवतीमाथि यौन  दुर्व्यवहार गर्ने क्रम बढिरहेको छ । २ दिनअघि मात्रै काठमाडौंको सेन्ट लरेन्स विद्यालयका शिक्षक जनार्दन अधिकारीमाथि आफ्नै विद्यालयकी बालिककामाथि यौन  दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।