• बैशाख २३ २०८३, बुधबार

काठमाडौं महानगरमा दोस्रो स्थानका लागि केशब स्थापित र सिर्जना सिंहबीच टक्कर

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार स्थापितले ३६ हजार ८५० मत पाएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका स्थापीतलाई उछिनेर सिर्जना दोस्रो स्थानमा आएकी थिइन् । हाल उनी पुन तेस्रो स्थानमा पुगेकी छिन् । उनले ३६ हजार ६०४ मत पाएकी छन् ।