• बैशाख २३ २०८३, बुधबार

एमाले अध्यक्ष ओलीले संसदमा सोधे- ‘आफ्नो सम्पत्ति राष्ट्रको नाम घोषणा गर्न सक्ने कसैको हिम्मत छ?’

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग भएको चल अचल सम्पत्ति राष्ट्रको नाममा गरिदिएको बताएका छन् ।

‘आफ्नो सबै सम्पत्ति राष्ट्रको नाममा गरिदिने व्यक्तिले कसरी भ्रष्टाचार गर्न सक्छ,’ ओलीले प्रश्न गरे, ‘आफ्नो सम्पत्ति राष्ट्रलाई दिनेले अरुको सम्पत्तिको आशा म गर्दिन ।’

बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री ओलीले मैले जस्तै सम्पत्ति राष्ट्रको नाममा दिने घोषणा गर्न कसैले सक्छ भनी प्रश्न गरेका छन् ।