• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्रीलाई ओलीले सोधे- नेपालको ‘एक चीन नीतिमा छ कि छैन’

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका बारेमा सरकारसँग जवाफ माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले नेपालको असंलग्न परराष्ट्र नीतिका बारेमा जवाफ मागे ।

ओलीले अमेरिकी उपमन्त्रीले केही दिन अगाडि गरेको भ्रमणका विषयदेखि नेपालको एक चीन नीतिका बारेमा जवाफ माग गरे। उनले नेपाल ‘एक चीन नीति’मा छ कि छैन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाबाट जवाफ माग गरे।