काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उमेदवार बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका छन् । १ लाख ८३ हजार ६७९ मतगणना गर्दा बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका हुन् ।
नेपाली कांग्रेसबाट मेयरकी उमेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । एमालेका उमेदवार केशव स्थापितको पक्षमा ३७ हजार २१८ मत खसेको छ ।