• बैशाख २३ २०८३, बुधबार

अब मत परिणाम सार्वजनिक हुन कति पालिका बाँकी छन् ? (विवरणसहित)

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । भर्खरै निर्वाचन आयोगले अद्यावधिक गरेको मत परिणामअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरको त्रियुगा नगरपालिका छ । यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् ।

लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।

यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ । त्यहाँ विवादका कारण अझै मतगणना सुरू हुन सकेको छैन ।

मत परिणाम आउन बाँकी रहेका पालिकाहरू :

उदयपुर

त्रियुगा नगरपालिका

काठमाडौं

काठमाडौं महानगरपालिका

रुपन्देही

तिलोत्तमा नगरपालिका

बाजुरा

बुढीगंगा नगरपालिका