काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गरेसंगै उनले तीन वटा निर्णय गरेका छन् । मेयर महर्जनले अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा गरेका छन् । वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिका धाउनु नपर्ने बताएका छन् । ‘वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनुपर्दैन’ महर्जनले भने ।
अन्य निर्णयमा महर्जनले वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने बताए ।