• बैशाख २३ २०८३, बुधबार

एमालेबाट अलग भइ बनेको नेकपा मार्क्सवादीले राष्ट्रिय सम्मेलन गर्दै

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । अम्बिका थैब नेतृत्वको नेपाल कम्युनिस्ट मार्क्सवादीले आगामी आषाढ १५ देखि १७ मा आफ्नो पार्टीको १३औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

५ वर्ष अघि बुटवलमा १२औं राष्टिय सम्मेलन गरेको सो पार्टीले यसपटक १३औं राष्टिय सम्मेल गर्दैछ । राष्ट्रिय सम्मेलन उदयपुरको गाइघाटमा हुनेछ । १७ जनाको केन्द्रीय समिति रहेको सो पार्टीको अध्यक्षको जिम्मा सम्हालेका थैबले यसपटकदेखि पार्टीको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने बताए ।

हाल सो पार्टीको राष्टिय सम्मेलन तयारी समितिले काम गरिरहेको छ । नेपालमा विभिन्न समूहमा बाँडिएका कम्युनिस्ट घटकहरुले आफ्नो पार्टीको स्थापना काल २००६ साल भाद्र ३० गतेलाई मान्ने गरे अनुसार एमालेबाट ०५१ सालमा अलग भएको नेकपा मार्क्वादीले ५१ सालदेखि नेकपा आफ्नो पार्टीको नाम मार्क्सवादी लेख्न थालेको हो ।

आफ्नो पार्टीको इतिहासको बारेमा अध्यक्ष थैबले ५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमालेले राष्टघाति महाकाली सन्धिमा हस्ताक्षर गरेपछि आफूले एमालेबाट अलग भएर नेकपा मार्क्सवादी गठन गररेको बताए । यो पार्टीले आफूलाई एक देशभक्त र प्रगतिशिल शक्तिको रुपमा आफूलाई उभ्याउँदै आएको छ ।

यो पार्टीको ०४३ सालमा मनमोहन अधिकारीको नेकपा मार्क्सवादीसित सित एकता भयो । ३६ सालको विद्यार्थी आन्दोलनको जगमा संयुक्त जनआन्दोलन उठेसँगै यो पार्टीका नेता तथा कार्यकर्तापनि आन्दोलनमा सहभागि भए ।

एकतापछि ४६ देखि ४८ सम्म एमाले बन्यो । तर नेकपा एमाले संसदमा गएपछि ५१ सालमा औपचारिक रुपमा पार्टी विभाजन भयो । त्यसपछि सातौं राष्टिय सम्मेलन गरेर यो पार्टीको नाम नेकपा मार्क्सवादी राखियो । खासमा कम्युनिस्ट पार्टी भएपनि मनमोहनहरुले पार्टीलाई संसदवादमा लगेर फसाएको र देशघाति सन्धिसम्झौताहरु गर्न थालेपछि आफूहरु एमालेबाट अलग भएको अध्यक्ष थैबले बताए ।

हालका अध्यक्ष थैबले आफूले २०२४ सालमा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठसित पार्टी सदस्यता लिएको बताए । पुष्पलालको नीति नेपालको सन्दर्भमा ठिक रहेको बताउने नेता थैबले आफ्नो नेतृत्वमा पार्टी आएपछि पनि पुष्पलालकै नीतिलाई अनुशरण गरेको बताए ।

पुष्पलालको नीति भनेको दिर्घकालीन शसस्त्र कृषि क्रान्तिको रणनीति हो । पुष्पलालले नेपाल कृषि प्रधान देश भएकोले यहाँ किसानको बाहूल्यता रहेको र मजदूर र किसान भएजुट भएर क्रान्ति गर्नुपर्ने धारणा राख्थे ।

तपाईंको पार्टीको नीति के हो त ? भन्ने प्रश्नमा थैबले भने,‘मजदूर वर्गको नेतृत्वमा र किसानको सहभागितामा गरिने दीर्घकालीन खालको शसस्त्र विद्रोह नै हाम्रो पार्टीको नीति हो ।’ उनले थपे,‘यसरी गरिएको क्रान्तिबाट आएको सत्ताले नै समाजवादमा जाने पृष्ठभूमी तयार पार्छ ।’

छलफलको क्रममा उनले प्रचण्डले त्यत्रो जनयुद्ध लडेर पनि संसदीय व्यवस्था नै स्वीकार्नु गल्ती भएको उनको बुझाई रहेको छ । एमाले र माओवादी केन्द्रले संसदबाट समाजवादी व्यवस्था स्थापना गर्छु भन्नु जनतालाई ढाँट्नु रहेको उनको आरोप रहेका छ ।

विप्लव पनि विस्तारै यही व्यवस्थामै जाने आशंका व्यक्त गरे । व्यवस्था नै असफल भएको आभास भइरहेको हालको अवस्थालाई कसरी चिर्ने त ? भन्ने प्रश्नको जवाफमा थैबले भने,‘कम्युनिस्ट विचार, सच्चा आचरण र देशभक्ति भावना भएको पार्टी बनाउने र युवाले त्यसको नेतृत्व गरेर संगठित गर्ने र त्यसलाई हालको विकृति, भ्रष्टाचार र देशघाति कामका विरुद्ध आन्दोलन गर्ने हो भने मात्रै देश बच्ने नत्र देशघातिहरुले जनतालाई दुःख दिइरहने छन् ।’

वास्तविक कम्युनिस्ट पार्टी बनाउनका लागि व्यवस्था बदल्नका लागि हाल सडक संघर्षमा रहेका, एमसीसी विरोधी पार्टीकारुका बीचमा कार्यगत एकता वा पार्टी एकता नै हुनुपर्ने उनको भनाई रहेको छ ।