• बैशाख २३ २०८३, बुधबार

ललितपुर महानगरमा मेयरका उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित भएका छन् । हिजो (मंगलबार) मतगणना सकिएसँगै उनी दोस्रो कार्यकालका लागि ललितपुर महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

उनले ४२ हजार ७ सय २२ मत प्राप्त गरि उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका छन् । त्यस्तै उपमेयरमा २८ हजार ८४ मतसहित नेकपा (एमाले)का उम्मेदवार मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् ।