• बैशाख २३ २०८३, बुधबार

काठमाडौं महानगरमा बालेनको फराकिलो अग्रता कायमै, स्थापित २० हजार मतसहित तेस्रो स्थानमा

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेनले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ८ सय २२ मत ल्याएकी छन् । बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन् ।

त्यस्तै नेकपा (एमाले)का केशव स्थापितले ३२ हजार ८ सय ७ मत प्राप्त गरेका छन् ।