काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा (एमोल)का उम्मेदवारको जित सुनिश्चित भएको छ ।
दुई वडाको मतगणना जारी रहे पनि अहिलेसम्म प्राप्त भएको मतका आधारमा मेयरमा टीकाराम खड्का र उपमेयरमा श्यानी चौधरीको जित सुनिश्चित भएको हो ।
७११६६ मत गणना हुँदा मेयरमा खड्काले ३००३५ र उपमेयरमा चौधरीले २९३४३ मत प्राप्त गरेका छन् ।
मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २६६६९ र उपमेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर राना मगरले २०१४४ मत प्राप्त गरेका छन् ।