• बैशाख २३ २०८३, बुधबार

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

जेष्ठ ११ २०७९, बुधबार

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य प्रमुखमा निर्वाचित भएका हुन् ।

आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उमेदवार बनाएको थियो ।

उपप्रमुखमा भने नेकपा (एमाले)की मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । ६० हजार ५४६ मतसहित उनी निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् ।