सरकारले काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्ने भएको छ । साथै सरकारले काठमाण्डौ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अगाडी बढाउने भएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने बताएकी हुन् ।
त्यस्तै सरकारले काठमाडौ उपत्यकाभित्र पहिचान गरिएका स्थानहरूलाई नयाँ शहरका रुपमा विकास गरिने जनाएको छ ।