सरकारले नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । तर सरकारले नेपाल–चीन रेलमार्गको अध्ययन गरिनेछ भन्न लागेको धेरै वर्ष भइसकेको छ ।
मंगलबार संयुक्त सदनमा राष्ट्रपतिबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा रसुवागढी –काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज–काठमाडौं रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।