• बैशाख २३ २०८३, बुधबार

किन्नै नसक्ने गरि पेट्रोलको मूल्य बढेपछि काठमाडौंका विद्यार्थीले मोटरसाइकल सडकमै तेर्स्याए

जेष्ठ १० २०७९, मंगलवार

काठमाडौं । अनेरास्ववियु काठमाडौं भूगोल जिल्ला समितिको आयोजनामा सरकारद्वारा घोषित मूल्यबृद्धि विरुद्ध गरिएको छ ।

मूल्य वृद्धि विरुद्ध काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि प्रदर्शन गरिएको हो ।

सरकारले सर्वसाधारण जनताको ढाड सेक्ने गरी पटकपटध इन्धनमा मूल्य वृद्धि गरि पेट्रोलको मूल्य रु.१० रुपैयाँ बढाएर १८० पुर्याएको, डिजेलमा रु.१० बढाएर बढाएको, खाना पकाउने ग्यास एकै पटक २०० बढाएर १८०० पुर्याएको विरुद्ध अनेरास्ववियुले आज विरोध गरेको हो ।

इन्धनको मूल्य वृद्धिको विरोधस्वरुप विद्यार्थीहरुले मोटरसाइकल विक्रीमा छ भन्ने संकेत दिनका लागि यस्ता प्लेकार्डहरु प्रदर्शन गरेका हुन् ।

सर्वसाधारण जनताहरुले थेग्नै नसक्ने गरी सरकारले मूल्यवृद्धि गरेको बिरोधमा भएको विरोध कार्यक्रममा सर्वसाधारण जनताको पनि सहभागिता रहेको थियो ।

विभिन्न नारा अङ्कित प्लेकार्डहरु हातमा समाई सडकमा मोटरसाइका तेर्स्यई नारा अङ्कित प्लेकार्ड झुण्डाएर, बीच बाटोमा सिलिन्डरमा विभिन्न नारा अङ्कित प्लेकार्ड झुन्डाएर विरोध प्रदर्शन गरिएको थियो ।

सो अवसरमा बोल्दै टोखा नगरपालिकाका अनेरास्ववियु अध्यक्ष प्रशान्त डंगोलले देशको विभिन्न स्थानहरुमा ग्यास खानी पेट्रोलियम पदार्थको खानी सुनदेखि नुनसम्म अथाह खानीको भण्डार हुँदाहुँदै पनि कमिसनको लागि देशलाई कंगाल बनाउन लालायित सरकारले खानी उत्खनन गर्नुको सट्टामा आयातमा प्रोत्साहन दिने र भएभरका स्रोतहरु खोलानालादेखि खनिज पदार्थको जिम्मा विदेशी कम्पनीलाई सुम्पने जस्ता गलत कार्यले गर्दा नेपाली जनता परनिर्भर हुन बाध्य भएको बताए ।

उनले यस्तो कमिसनखोरी भ्रष्ट, लाचारी सरकारको कुकर्म छनबिन गरेर जनताले टुकुचाको पानीमा चुर्लुम्म दुबाउने पर्ने दिन आइसकेको बताए ।

उनले अगाडी भने,‘सरकारले जनतालाई अझ ऋणको भारी बोकाएर आफू निकटका कार्यकर्ताहरुलाई बिलासी जीवन बिताउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको आरोप पनि लगाए ।

उनले देशमा सक्षम जनशक्ति हुँदाहुँदै पनि विदेशी दलालहरुलाई देशको विभिन्न संवेदनसिल क्षेत्रहरुमा व्यक्तिगत स्वार्थका लागि प्रवेश गराई देशको ढुकुटी रित्याउन तत्पर लाचार सरकारले स्वदेशको सरसुवसधा कुम्ल्याइ आफ्नो देशको भन्दा विदेशी राष्ट्रको सेवा गरिरहेको आरोप लगाए ।

मन्तव्यको क्रममा उनले सरकारको लाचारीपनले जनताले दिनदिनै महंगीको भारी बोक्नुपर्ने गरि घोषणा गरिएको मूल्य वृद्धिले सर्वसाधारण जनता, विद्यार्थी वर्ग, मजदुर वर्गको हातमुख जोड्न धौधौ पर्दै गएको अवस्था आइपरेको बताए ।