काठमाडौं । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।