• बैशाख २३ २०८३, बुधबार

७३४ पालिकाको नतिजा अद्यावधिक : कांग्रेस ३२१, एमाले २ सय र माओवादी १२० वटामा विजयी

जेष्ठ १० २०७९, मंगलवार

काठमाडौं । अहिलेसम्म ७३४ वटा पालिकाको अन्तिम नतिजा अद्यावधिक भएको छ । २७५ नगरपालिका र ४५९ गाउँपालिका गरी ७३४ पालिकाको नतिजा अद्यावधिक भएको हो ।

अद्यावधिक नतिजा अनुसार नेपाली कांग्रेसले अहिलेसम्म ३२१ वटा पालिकाको प्रमुख जितेर पहिलो पार्टी बनेको छ । दोस्रोमा रहेको नेकपा (एमाले)ले २ सय वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १ सय २३ वटा गाउँपालिकामा प्रमुख जितेको हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १२० वटा पालिकाको प्रमुख पद जितेको छ । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

मेयर-उपमेयर तथा अध्यक्ष-उपाध्यक्षमा दलगत विवरण :

नेपाली कांग्रेस  
मेयर/अध्यक्ष–३ सय २१
उपमेयर/उपाध्यक्ष–२ सय ९५

नेकपा एमाले 
मेयर/अध्यक्ष–२ सय
उपमेयर/उपाध्यक्ष–२ सय २८

माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २८

जसपा
मेयर/अध्यक्ष–२९
उपमेयर/उपाध्यक्ष–३०

एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१९
उपमेयर/उपाध्यक्ष–२१

लोसपा
मेयर/अध्यक्ष–१५
उपमेयर/उपाध्यक्ष–११

राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४

जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

तमलोपा
मेयर/अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

स्वतन्त्र 
मेयर/अध्यक्ष–१२
उपमेयर/उपाध्यक्ष–४