काठमाडौं । काठमाडौं महानगरपालिकाको अब ५० हजार मत गन्र बाँकी रहेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलाे मतान्तरसहित अग्रता कायम गरेका छन्।
हालसम्म १ लाख ४१ हजार ६ मत गणना गरेर सकिएकोमा अब ५० हजार १८० मत गन्र बाँकी छ।
हालसम्मको मतपरिणाम अनुसार बालेन सिर्जनालाई १८ हजार ९३७ मतले अग्रता कायम गरिरहेका छन्। उनले हालसम्म ४७ हजार ७५२ मत पाएकोमा उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ९७७ मत पाएकी छन्।
नेकपा एमालेका केशव स्थापित २८ हजार ८१५ मतसहित तेस्रोमा छन्।