काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौनहिंसामा परेकी युवती अदालत पुगेकी छिन् । जिल्ला अदालतमा ति युवतीको हाल बयान भइरहेको छ ।
पाण्डेले ब्ल्याकमेलिङ गर्दै पटक-पटक बलात्कार गरेको आरोप लगाउँदै केही दिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएसँगै अहिले सो विषय उत्कर्षमा आएको छ ।
मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् । प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुईवटा मुद्दा अनुसन्धान गर्ने तयारी गरेको छ ।