• बैशाख २८ २०८३, सोमबार

जनपदतर्फ पहिलो महिला एआईजी बनिन् पूजा सिंह

जेष्ठ ९ २०७९, सोमबार

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फ पूजा सिंह पहिलो महिला एआईजी बनेकी छिन् ।

सिंह जनपद प्रहरीमा भर्ना हुदाँ प्रहरी निरीक्षकमा पनि पहिलो महिला बनेकी थिइन् । २०४९ साल चैत ११ गते २९ जना प्रहरी निरीक्षक भर्ना हुँदा २८ जना पुरुष थिए।

यो ब्याचबाट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा बढुवा भइसकेका छन्। बाँकी ८ मध्ये ७ एआईजी पुरुष नै छन्। पूजासिंह जनपदतर्फकी पहिलो महिला एआईजी हुन्। प्राविधिकतर्फ भने डा. आशा सिंह र दुर्गा थापा यसअघिबाटै कार्यरत छन्। प्राविधिक तर्फ प्रहरी अस्पतालमा पहिलो महिला एआईजी भने डा. दुर्गा थापा हुन्।