काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साह जित नजिक देखिएका छन् । उपमहानगरमा दुई वटा वडाको मात्रै मतगणना बाँकी रहदाँ साहले १२ हजार २८३ मत ल्याएका छन् ।
साहलाई पछ्याउँदै नेकपा एमालेका शिवशंकर साह हीराले ९ हजार ३०३ मत ल्याए छन् । २५ वटा रहेको उपमहानगरपालिकामा २३ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ।
वडा नं. १४ र मनोजकै घर रहेको वडा नं. १५ को मतगणना जारी छ। वडा नं. १४ र १५ मा कांग्रेसको राम्रो पकड र ३ हजार मतले अगाडी रहेका कारण स्वतन्त्र उम्मेदवार जित नजिक देखिन्छन् । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका निवर्तमान मेयर लालकिशोर साहले ४ हजार ८०६ मतसहित चौथो स्थानमा छन्। यस्तै, स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३ हजार ७३४ मत सहित पाँचौँ स्थानमा छन्।