• बैशाख २८ २०८३, सोमबार

१ लाख ३५ हजार हेलिकप्टर तिरेर सुत्केरीको उद्दार

जेष्ठ ७ २०७९, शनिबार

हुम्ला । बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
अत्यधिक रक्तश्राव भएर समस्यामा परेकी चंखेली गाउँपालिका–५ नेप्का ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो ।

तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक भएको आफन्त जसिलाल तामाङले जानकारी दिए ।

बिरामीको शरीर सुन्निएर श्वास प्रश्वासमा समस्या भएको र गाउँमा गतिलो स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको आफन्त तामाङले बताए ।

ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेको तामाङको भनाइ छ ।