• बैशाख २८ २०८३, सोमबार

हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु

जेष्ठ ६ २०७९, शुक्रबार

चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको सताखत भने भैसकेको छैन।